त्रिपुरामा अभिषेक बन्दोपाध्यायको वाहनमाथि भएको हमलाको प्रतिवादमा आमबारीमा तृणमूलद्वारा विक्षोभ

राजगञ्ज : त्रिपुराको त्रिपुरारी मन्दिरमा पुजा गर्न गएको समय तृणमूल अखिल भारतीय महासचिव अभिषेक बन्दोपाध्यायको वाहनमाथि हमला गरेको घटनाको प्रतिवाद जनाउँदै तृणमूल कङ्ग्रेसका सदस्यहरूले राजगञ्जमा विक्षोभ प्रदर्शन गरे। राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायतको आमबारीमा बिन्नागढी तृणमूल कङ्ग्रेसको एससी, एसटी, ओबीसी सेलको तर्फबाट आज उक्त घटनाको विरोध जनाउँदै विक्षोभ प्रदर्शन गरेको बताइएको छ। संगठनका स्वागत रायले बताएअनुसार हिजो त्रिपुरामा अभिषेक बन्दोपाध्यायको वाहनमाथि हमला गरेको घटनाको प्रतिवाद जनाउँदै आमबारी अञ्चल मोडमा आज पार्टीद्वारा विक्षोभ प्रदर्शन गरिएको हो। यसबाहेक राजगञ्ज ब्लकको विभिन्न इलाकामा आज तृणमूलद्वारा घटनाको प्रतिवाद जनाउँदै विक्षोभ प्रदर्शन गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *