त्रिपुरामा वामपन्थी संगठनमाथि गरिएको हमलाको प्रतिवादमा सिलगढीमा सीपीआईएमएल-द्वारा विक्षोभ प्रदर्शन

सिलगढी : त्रिपुरामा शासक दल भाजपाद्वारा वामपन्थी संगठनका सदस्यहरूमाथि गरेको हमलाको प्रतिवाद जनाउँदै आज सीपीआईएमएल-ले आन्दोलन शुरू गरेको छ। प्राप्त जानकारीअनुसार त्रिपुरामा शासक दलको तानाशाही अनि विरोधी दलमाथि गरेको अत्याचारको प्रतिवाद जनाउँदै दार्जिलिङ जिल्ला सीपीआईएमएल-ले आज सिलगढीमा विरोध प्रदर्शन गर्यो। आज सिलगढीको हासमी चोकमा सीपीआईएमएल-का सदस्यहरूले त्रिपुराको मुख्यमन्त्री विप्लव दासले राजीनामा दिनुपर्ने माग गर्दै विरोध प्रदर्शन गर्नको साथै पुतला दहन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *