त्रिपुरा चुनाउमा भाजपाले जीत हासिल गरेकोमा भाजपाद्वारा सिलगढीमा विजय र्‍याली

सिलगढी : त्रिपुरा चुनाउमा भाजपाले जीत हासिल गरेपछि राज्यभरिमै भाजपा कार्यकर्ता तथा समर्थकहरूले ढोल बजाएर खुसी मनाइरहेका छन्। सिलगढीको हासमी चोकमा भारतीय जनता पार्टी सिलगढी सांगठनिक जिल्लाको तर्फबाट आज एउटा विजय र्‍यालीको आयोजना गरियो। भाजपाका कार्यकर्ता तथा समर्थकहरूले ढोल बजाउँदै एका-अर्कालाई अबीर लगाईदिनको साथै मिठाई खुवाएर जीतको खुसी मनाए। उक्त विजय र्‍यालीमा सिलगढीका भाजपा विधायक शङ्कर घोष, मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मन लगायत अन्य नेतृत्व तथा समर्थकहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *