त्रिवेणी नारी संघलाई पीपीई किट्स, मास्क, सेनिटाइजर, अक्सिमिटर प्रदान

मिरिक: त्रिवेणी नारी संघ पानीघाले हाल करोना महामारीको समयमा विविध सामजिक कार्यहरू गर्दै आइरहेको छ। यसैले आई लभ मिरिक, दार्जिलिङ हिमालय लोटरी क्लब र दार्जिलिङ दुबई कोर टीमको संयुक्त एउटा टोलीले त्रिवेणी नारी संघको समाजिक कार्यलाई देखेर आज पानीघट्टा पुगेर संघलाई पीपीई किट्स, मास्क, सेनिटाइजर र अक्सिमिटर प्रदान गऱ्यो। उक्त सहयोगको निम्ति त्रिवेणी नारी संघकी सदस्य नूतन प्रधानले सबैलाई धन्यवाद दिइन् भने प्राप्त सबै सामाग्रीलाई उचित प्रयोगमा ल्याउने वचन दिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *