त्रिवेणी नारी संघ पानीघट्टाद्वारा बिरामी संगीता प्रधानलाई आर्थिक सहयोग

मिरिक : धेरै दिनदेखि बिरामी भएर उपचारको निम्ति आर्थिक कष्ट झेलिरहेकी पानीघट्टा नयाँ लाइन निवासी संगीता प्रधानलाई आज त्रिवेणी नारी संघ पानीघट्टाले आर्थिक सहयोग पुर्‍यायो। उक्त संघले लटरी खेलाएर जम्मा गरेको राशिले बिरामी संगीता प्रधानलाई सहयोग पुराएकोमा परिवारका सदस्यहरूले  संघप्रति कृतज्ञता व्यक्त गरेका छन्। बिरामीको उपचारको लागि गाउँ-घरका मानिसहरूले पनि सक्दो आर्थिक सहयोग पुर्‍याइरहेको परिवारका सदस्यहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *