ट्रक चोरी गरेको आरोपमा 13 वर्षीय किशोर पक्राउ

सिलगढी: गोप्य सूत्रको आधारमा पुलिसले चोरी भएको एउटा ट्रक फेला पार्नको साथै उक्त चोरीको घटनामा एकजना 13 वर्षीय किशोरलाई पक्राउ गरेको छ। घटनाक्रम अनुसार, गत 16 जूनको दिन एनजेपी स्टेशन संलग्न पार्किंङ जोनबाट एउटा ट्रक चोरी भएपछि यसबारे मालिकले एनजेपी थानामा एउटा लिखित अभियोग दर्ता गरेका थिए। यसपछि गोप्य सूत्रबाट पुलिसले चोरी भएको ट्रक फुलबाड़ी बटालियन मोड़मा थाहा पाए। एनजेपी थानाको एउटा टीम सादा पोशाकमा घटनास्थलमा पुगेर उक्त हराएको ट्रक उद्धार गरे। यसको साथै बारीभाषा इलाका निवासी 13 वर्षीय एकजना किशोरलाई पनि पक्राउ गरे। पुलिस सूत्र अनुसार उक्त किशोर विभिन्न आपराधिक गतिविधिहरूमा सामेल छन्। आज तिनलाई जलपाइगढी जुवेनाइल कोर्टमा पेश गरियो। एनजेपी पुलिसले घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *