ट्रकको चक्का खोलिएर टोटोसित ठोक्किँदा भाग्यले बाँचे टोटो चालक

सिलगढी : एनजेपी भीआईपी रोडमा सीमेन्ट बोकेको ट्रकको चक्का अचानक खोलिँदा टोटो चालक भाग्यले बाँचे। एनजेपी भीआईपी रोड धेरै समय अघिदेखि जर्जर अवस्थामा रहेकोले अधिक वर्षाको कारण सड़कको स्थिति अझ बेहाल बनेको छ। आज उक्त सड़क भएर एउटा सीमेन्ट बोकेको ट्रक गइरहेको समय ट्रकको एउटा चक्का अचानक खोलिँदा उक्त चक्का ट्रकको नजिक भएर गइरहेको एउटा टोटोसित ठोक्कियो। तथापि, घटनामा कसैलाई कुनै प्रकारको क्षति नभएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *