ट्रकले किच्याएर महिलाको मृत्यु, ट्रकसहित चालक पक्राउ

सिलगढी: सिलगढीको भक्तिनगर थाना अन्तर्गत आज बिहान सड़क दुर्घटनामा एकजना महिलाको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान लगभग 8 बजे भक्ति नगर ट्राफिक पोइन्ट नजिक एउटा 10 चक्के ट्रकले टर्निङ लिइरहेको समय एकजना महिलालाई धक्का दिएपछि चक्का मुनि पस्दा घटनास्थलमा नै तिनको मृत्यु भयो। मृतक महिला रीता छेत्री भक्तिनगर थाना अन्तर्गत प्रकाश नगरको लिम्बु बस्ती निवासी रहेको बताइएको छ। पुलिसले घातक ट्रकलाई आफ्नो नियन्त्रणमा ल्याउनको साथै ट्रक चालकलाई पनि पक्राउ गरेको छ। मृतक रीता छेत्रीका परिवार पक्षले घातक ट्रक विरूद्ध भक्ति नगर थानामा लिखित अभियोग दर्ता गरेको छ भने पुलिसले शवलाई उद्धार गरेर पोस्टमार्टमको लागि पठाइदिएको छ। पुलिसले घटनाको छानबिन शुरू गरेको बताएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *