ट्रकमा सरकारी स्टिकर लगाएर काठ तस्करी गर्ने 2 जना पक्राउ

जलपाईगढी : ट्रकमा सरकारी स्टिकर लगाएर पुलिसको आँखा छलेर काठ तस्करी गरिरहेको समय दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार आज दिउँसो जलपाईगढी कोतवाली थाना पुलिसले नाका चेकिङ अवधि एउटा ट्रकलाई रोकेर छानबीन गर्दा काठ उद्धार गरेको छ। उक्त ट्रकमा सरकारी पीडीएस स्टिकर लगाइएको थियो भने उक्त ट्रकमा लादिएको काठको कुनै वैध कागजपत्र देखाउन नसकेपछि चालक तथा खलासीलाई पक्राउ गरेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *