ट्रक पल्टिँदा दुईजना नानीसहित पाँचजनाको मृत्यु 

वर्धमान : बालुवा लादिएको एउटा ट्रक अनियन्त्रित भएर एउटा घरमा पल्टिँदा दुईजना नानीलगायत पाँचजना मानिसहरूको मृत्यु भएको छ। उक्त घटना मंगलबार राति दुई बजी घटेको हो। घटनापछि स्थानीय मानिसहरू आक्रोशित भएर पुलिसहरूअघि विरोध प्रदर्शनी गरे। पुलिसले मानिसहरूलाई सम्झाएपछि परिस्थितिलाई नियन्त्रणमा ल्याइयो। दुर्घटनाको समय उक्त ट्रकको चालकले मदपान गरेको आरोप रहेको छ। पुलिसले शव पोस्टमार्टमको लागि पठाउनको साथै एकजना व्यक्तिलाई हिरासतमा लिएर घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *