ट्रक र पिकअप भ्यान ठोक्किँदा खलासीको मृत्यु

नक्सलबारी : नक्सलबारी थाना क्षेत्रको अटल नजिक हल्दीबारी मोर छेउ आज बिहान एउटा ट्रक र पिकअप भ्यान ठोक्किँदा पिकअप भ्यानको खलासीको मृत्यु भएको छ भने भ्यान पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको छ। एउटा ट्रकसँग पिकअप भ्यान ठोक्किँदा भ्यानको खलासीको मृत्यु भएको नक्सलबारी थाना प्रभारी सुजीत दासले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *