ट्रक र ट्रेलर ठोक्किँदा 2 घाइते

राजगञ्ज : सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गको बन्दुनगर इलाकामा ट्रक र ट्रेलारको आपस्तमा ठोक्किँदा ट्रक चालक र खलासी गम्भीर घाइते भएका छन्। स्थानीय मानिसहरूले बताएअनुसार एउटा ट्रेलर र ट्रक विपरीत दिशाबाट आइरहेको समय बन्दुनगर नजिक आपस्तमा ठोक्किँदा ट्रक चालक र खलासी गम्भीर रूपमा घाइते भएको बताइएको छ। स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर उपचारको लागि उत्तरबंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाएको साथै आमबारी आउटपोस्ट पुलिसले घटनाको जाँच शुरू गरेको जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *