छिरिङ दाहालले मङपुमा गरिन् चुनाउ प्रचार

मङपु : गोजमुमो विनय खेमाका खरसाङ विधानसभाका प्रार्थी छिरिङ लामा दाहालले जनसम्पर्क अभियान अन्तर्गत चुनाउ प्रचार-प्रसार गर्दै आज मङपु लाब्दा समष्टि आइपुगिन्। तिनी पार्टीका कार्यकर्ता तथा समर्थकहरूको साथमा चुनाउ प्रचार गर्दै सिटोङ हुँदै मङपु आइपुगिन्। मङपु लाब्दा समष्टि गोजमुमो विनय खेमाका पार्टीका कार्यकर्ताहरूले एउटा र्‍याली निकालेर मङपु बस स्ट्याण्डमा पुगेपछि जनसभामा परिणत भयो।


उक्त चुनावी सभामा गोजमुमो प्राथी छिरिङ दहाल लामा, गोजमुमो महासचिव अनित थापाले पनि सम्बोधन गरे। केबी गिरीको अध्यक्षतामा सम्पन्न चुनावी जनसभालाई मोर्चा नेता राम पोख्रेल, बिभोर सिङदन, अनित खाती, प्रमिला मुखिया, बिज्ञान मिश्र, चन्द्रकला राई, रन्जीत सिन्चुरीले सञ्चालन गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *