छिरिङ दाहालले खरसाङको मिडल तोर्‍योक, मामरिङ बस्तीमा गरिन् चुनावी भ्रमण

खरसाङ : मिडल तोर्योक, मामरिङ बस्तीमा आज गोजमुमो विनय खेमाको खरसाङकी प्रार्थी छिरिङ दाहालले चुनावी प्रचार गरिन्। तिनले यस अवधि स्थानीय पार्टी समर्थकहरूलाई सम्बोधन गर्दै विगतका पार्टीहरूलाई यहाँका जनताले भोट दिएर जिताएकै हुन। तिनीहरू जितेर गए तर कोही पनि फर्केर आएनन् भनी बताइन्। तिनले अघि भनिन्, नीता खवासको बलीवेदीमा खादा अर्पण गरेको छु। अब गोर्खा जातिको सुरक्षा, पहिचान दिलाउन सकुँ भनी प्रार्थना अर्पण गरेको छु। सम्पूर्ण पहाड़ले जाति र माटोको निम्ति आप्पालाई सघाएको नै हो तर सरकारबाट हामीले केही हासिल गर्न सकेनौं। दाज्युको समयमा पनि विरोध बिना नै सहयोग दिएकोनै हौँ तर हात पर्योो शून्य। दहालले आजसम्म पाँचवटा एमएलए दिएको जानकारी गराउँदै तर वर्तमान समयमा अनित थापाले एउटा चेली, आमालाई चुनाउको मैदानमा उठाएको छ भनी जनाउँदै आफूले गोर्खाको मुहारमा खुशी ल्याउनु सकुन् भनी वाचा बाँधेको बताइन्। तिनले आजसम्म हामीलाई कलकत्ता र दिल्लीले धेरै ठगेको छ तर यहाँका नेताहरुले चाहिएको समय एक शब्द समेत नबोलेको बताइन्। भोटको समयमा केही नेताहरू व्यापारी भएर उत्रेक छन भन्दै तिनले व्यङ्ग्य गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *