छिरिङ दाहालले खरसाङको विभिन्न ठाउँमा गरिन् चुनाउ प्रचार

खरसाङ: आगामी विधानसभा चुनाउको लागि विनयपन्थी गोजमुमोको खरसाङ समष्टिको प्रार्थी छिरिङ दाहालले आज खरसाङ बजार क्षेत्रमा आम जनतासित भेटघाट गरिन्। गोजमुमो प्रार्थी छिरिङ दाहालले आज खरसाङ नगरपालिका क्षेत्रको वार्ड नम्बर 4 मा विभिन्न क्षेत्रहरूका भ्रमण गरेर त्यहाँका मानिसहरूसित कुराकानी गरिन्। यसैगरी तिनले खरसाङ बजारका विभिन्न स्थानहरूमा जनतालाई भेटघाट गरी चुनाव प्रचार गरिन्। तिनले खरसाङ बजारको पार्क लोकेशनस्थित पार्टीको चुनाउ कार्यालयमा पनि पुगेर पार्टी कार्यकर्ताहरूसित भेटभाट गरी चुनाउ विषयमा चर्चा परिचर्चा पनि गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *