तुफानगञ्जमा भाजपा कार्यालय अघि जिउँदो बम उद्धार

कुचबिहार : तुफानगञ्ज चिलाखाना बजारस्थित भाजपा पार्टी कार्यालय अघि आज एउटा जिउँदो बम उद्धार भएपछि इलाकामा आतङ्क मच्चियो। घटनाबारे तुफानगञ्ज पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर उक्त बम उद्धार गरे। तृणमूल कांग्रेसका केही दुष्कृतिहरूले उक्त बम राखेको भाजपाको आरोप रहेको छ। अर्कोतिर, भाजपाद्वारा लगाइएको आरोप झुटो रहेको तृणमूल कांग्रेसले दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *