तुफानगञ्जको बक्सिरहाट बजारमा आगलागी, 16 वटा दोकान जलेर खरानी

कुचबिहार : तुफानगञ्जको बक्सिरहाट बजारमा गत राति भयावह आगलागी हुँदा 16 वटा दोकान जलेर खरानी भएको छ। घटनाको खबर पाएर असम तथा बङ्गाल दुई राज्यको दमकलका 6 वटा इञ्जिन घटनास्थलमा पुगेर लगभग 5 घण्टाको कठोर प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। घटनाको खबर पाएर बक्सिरहाट थानाको विशाल पुलिस वाहिनी तथा तुफानगञ्ज 2 नम्बर ब्लक बीडीओ प्रसनजीत कुन्डु पनि घटनास्थलमा पुगेका थिए। स्मरण रहोस्, गत 2 वर्ष अघि पनि उक्त बजारमा भयावह आगलागी हुँदा 100 भन्दा अधिक दोकान जलरे खरानी भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *