तुफानगञ्जको रायडक नदीबाट अज्ञात महिलाको शव उद्धार

कुचबिहार : तुफानगञ्ज 2 नम्बर ब्लक अन्तर्गत पर्ने बाशराजा 2 खण्ड कदमगुडी सालबारी 1 ग्राम पञ्चायत इलाकाको रायडक नदीबाट आज अज्ञात महिलाको शव उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार आज दिउँसो गाउँलेहरूले उक्त मृतदेह देखेपछि घटनाबारे बक्सीरहाट थाना पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि अस्पतालमा पठाएको छ। घटनाको जाँच शुरू गरेको बक्सीरहाट थाना पुलिसले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *