तुफानगञ्जमा आगलागी हुँदा 6 वटा घर जलेर भष्म

कुचबिहार : तुफानगञ्जको दक्षिण बालाभुत इलाकामा आगलागी हुँदा 6 वटा घर जलेर भष्म भएको छ। प्राप्त जानकारीअनुसार मंगलबार अबेर राति उक्त इलाकामा आगो लागेपछि स्थानीय मानिसहरूको सहयोगमा निभाउने प्रयास गर्नको साथै घटनाबारे अग्निशमन विभागलाई खबर दिइयो। घटनाको खबर पाएर दमकलको 4 वटा इञ्जिन घटनास्थलमा पुगेर लगभग 3 घण्टाको प्रयासपछि आगोलाई नियन्त्रणमा ल्याइयो। उक्त आगलागी के कारण भयो भन्नेबारे सटीक जानकारी नभए तापनि प्राथमिक जाँचपछि पुलिसले सम्भवतः सर्ट सर्किटको कारण उक्त आगलागी भएको हुनसक्ने अनुमान लगाएको छ। घटनाको जाँच शुरू गरेको तुफानगञ्ज थाना पुलिसले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *