तूफानगञ्जमा अवैध गाँजाको खेतीविरुद्ध अभियान

कुचबिहार : अवैध गाँजाको खेरी विरुद्ध तूफानगञ्ज थाना पुलिस तथा आबकारी विभागले अभियान चलायो। गोप्य सूचनाको आधारमा तूफानगञ्ज थाना पुलिस तथा आबकारी विभागले आज तूफानगञ्ज 1 नम्बर ब्लकको बलरामपुर 1 ग्राम पञ्चायतको सोलाडाङ्गा, सेनपाडा लगायत विभिन्न इलाकामा संयुक्त अभियान चलाएर मोठ 20 बीघा गाँजाको केती नष्ट गरिदिएको छ। यस विषयमा आबकारी विभागका अधिकारी सिजु बर्मनले भने, आज विभिन्न इलाकामा अभियान चलाएर घर पछिल्तिरको जमिन तथा खेतीमा अवैध रूपमा लगाएको गाँजाको खेतीलाई नष्ट गरिदिएको छ। अवैध गाँजाको खेती विरुद्ध तूफानगञ्ज थाना पुलिस तथा आबकारी विभागले लगातार अभियान चलाउनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *