तुफानगञ्जमा भाजपाको देवाल लेखन मेट्टाइदिएको तृणमूलविरुद्ध आरोप

कुचबिहार : तुफानगञ्जमा भाजपाको देवाल लेखनलाई हिलोले मेट्टाएको तृणमूल कङ्ग्रेसविरुद्ध अभियोग उठेको छ। अर्कोतिर, सत्ताधारी पार्टीले यी सबै आरोप झुटो रहेको दावी गरेको छ। भाजपाले लगाएको आरोपअनुसार गत राति तृणमूलका केही दुष्कृतिहरूले तुफानगञ्ज सहरको 2 र 3 नम्बर वार्डमा भाजपाको देवाल लेखनमा हिलोले मेटाइदिएको साथै प्रधानमन्त्री नरेन्द्र मोदी र सांसद निशीथ प्रमाणिकको पोस्टरमा हिलो लगाइदिएको छ।


यसको साथै तृणमूलका दुष्कृतिहरूले भाजपा पार्टीको झण्डाहरू पनि च्यातिदिएको आरोप रहेको छ। यस सम्बन्धमा भाजपाले तुफानगञ्ज थानामा एउटा लिखित अभियोग दर्ता गरेको छ। अर्कोतिर, तृणमूल कङ्ग्रेसको तुफानगञ्ज सहर ब्लकका सह-अध्यक्ष इन्द्रजीत धरले यी सबै आरोपहरू निराधार रहेको दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *