तुफानगञ्जमा नवजात शिशु उद्धार

कुचबिहार : तुफानगञ्ज सहरको 8 नम्बर वार्डको लम्बापाडा केशव भट्टाचार्य लेन इलाकामा आज बिहान नवजात शिशु भेट्टाएपछि इलाकामा सनसनी मच्चियो। स्थानीय सूत्रले दिएको जानकारीअनुसार आज बिहान 8 बजी स्थानीय मानिसहरूले इलाकाको एउटा झाड़ीबाट नानी रोएको आवाज सुनेपछि त्यहाँ गएर हेर्दा नवजात शिशु देखेपछि तत्कालै उक्त शिशुलाई उद्धार गरेर तुफानगञ्ज महकुमा अस्पतालमा लगे। हाल उक्त शिशुको अस्पतालमा उपचार चलिरहेको बताइएको छ। घटनाको खबर पाएर पुलिस अस्पतालमा पुगेर घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *