तुफानञ्जमा सुन दोकानमा चोरी, जाँचमा जुट्यो पुलिस

कुचबिहार : तुफानगञ्ज सहर संलग्न बलरामपुर चौपथीमा रहेको सुनको दोकानमा चोरी भएको छ। प्राप्त जानकारी अनुसार गत अबेर राति केही दुष्कृतिहरूले तुफानगञ्ज सहर संलग्न बलरामपुर चौपथीमा रहेको सुनको दोकानको ताला भत्काएर लाखौँ रुपियाँको चोरी गरेर लगेको बताइएको छ। स्थानीय व्यवसायीहरूले आज बिहान सुन दोकानमा चोरी भएको थाहा पाएपछि दोकान मालिकलाई खबर दिएपछि दोकान मालिकले घटनाबारे पुलिसलाई खबर दिए। यसको साथै तिनले तुफानगञ्ज थानामा घटनाबारे लिखित अभियोग दर्ता गरेपछि पुलिसले जाँच शुरू गरेको छ। दोकान मालिक प्रदीप बसाकले बताएअनुसार दिनहुँ झैँ गत राति पनि दोकान बन्द गरेर घर गएका थिए। आज बिहानै स्थानीय व्यवसायीहरूले दोकानमा चोरी भएको खबर दिएपछि तत्कालै दोकानमा पुगेर हेर्दा दोकानभित्र सबै सर-समानहरू छरपस्ट अवस्थामा रहेको साथै दोकानबाट लकर सहित लाखौँ रुपियाँको चोरी भएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *