तुम्लाबुङ सार्वजनिक भवनको विधायक रूदेन लेप्चाको बाहुलीबाट उद्घाटन

कालेबुङ: कालेबुङ जिल्लाको साङ्से ग्राम पञ्चायत तुम्लाबुङ सार्वजनिक भवनको विविध कार्यक्रमको साथमा उदघाटन गरियो। उर्गेन तामाङको अध्यक्षतमा सम्पन्न कार्यक्रममा मुख्य अतिथि विधायक रुदेन लेप्चाको बाहुलीबाट भवनको उद्घाटन गरियो। उक्त कार्यक्रममा सभासद बीरे राई, खण्ड 2 का कार्यकारी अभियन्ता अनिल छेत्री, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा जिल्ला युवा अध्यक्ष बारूद थापा, दिपेन शेर्पा, जमिनदाता मनबहादुर राई लगायत समष्टिका नेतृत्वहरु लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरु अनि गाउँलेहरुको उपस्थिति रहेको थियो। जीटीए-द्धारा निर्माण गरिएको उक्त भवनको लागत 35 लाख 18 हजार रहेको छ भने यसको एजेन्सी मिलन राई रहेको बताइएको छ।


उक्त भवन निर्माण गर्ने क्रममा मृत्यु भएको मिस्त्रीको आत्म शान्ति हेतु आज प्रार्थना पनि गरियो। कार्यक्रममा गाउँलेहरुको पक्षबाट रणबहादुर तामाङले जीटीए मुख्य कार्यपाल अनित थापा अनि विधायक रूदेन लेप्चाको पहलमा उक्त भवन निर्माण गरिदिएकोमा गाउँलेहरुको पक्षबाट तिनीहरूप्रति आभार प्रकट गरे। कार्यक्रमलाई सम्बोधन गर्दै विधायक रुदेन लेप्चाले भारतीय गोर्खा प्रजातान्त्रिक पार्टीले 1986-को आन्दोलनले ध्वस्त भएको सिस्टमहरूलाई अहिले पुन: स्थापित गर्न सकेको बताए। यसरी नै आजको कार्यक्रममा गीत, नृत्यहरू प्रस्तुत गरिएको थियो। यसैबीच, आयोजक समितिको पक्षबाट जोन राईले यस भवन निर्माणमा सहयोग पुऱ्याउने सबै पक्षलाई आभार जताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *