टुङ्गमा गोरामुमो सांगठनिक सभाको आयोजना

सोनादा : गोरामुमो सोनादा टुङ्ग समष्टिको आयोजनामा आज टुङ्गमा समष्टिका प्रतिनिधिहरूलाई लिएर एउटा सांगठनिक सभाको आयोजना गरियो। उक्त सभामा पार्टीको भावी कार्यक्रम अनि सांगठनिक विस्तारबारे व्यापक चर्चा परिचर्चा गरियो। समष्टि सभापति मदन छेत्रीको अध्यक्षतामा सम्पन्न उक्त सभा अदिप राईले सञ्चालन गरेका थिए। आजको सांगठनिक प्रतिनिधि सभामा खरसाङ शाखाका सदस्यहरू गोर्खा राष्ट्रिय नारी मोर्चाका सदस्यहरू, युवा एकाई, हिमालयन प्लान्टेसन वर्कस युनियनका प्रतिनिधिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *