टुङ्ग सन्तमेरिज समष्टिका भागोप्रमो प्रार्थी नुरी शेर्पालाई‌ बुद्धिष्ट मानेपा संघको समर्थन

सोनादा : टुङ्ग सन्तमेरिज समष्टि अन्तर्गत चटकपुर सार्वजनिक भवनमा आज  भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा सम्पन्न भयो। उक्त सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टुङ्ग सन्तमेरिज समष्टिका उम्मेद्वार नुरी शेर्पालाई‌ पूर्ण समर्थन जनाउँदै बुद्धिष्ट मानेपा संघका सदस्यहरूले जीटीए चुनाउमा आफ्नो बहुमूल्य भोट दिएर बहुमतले विजयी तुल्याउने प्रतिबद्धता जाहेर गरे। भागोप्रमो टुङ्ग सन्तमेरिज समष्टिका उम्मेद्वार नुरी शेर्पालाई‌ खदा माला लगाएर स्वागत पनि जनाए। आजको सभामा टुङ्ग सन्तमेरिज समष्टि प्रमुख सल्लाहकार संजय थापा, सहसचिव सदेव तामाङ, सदस्य दिलीप गजमेर, महकुमा युवा शक्ति प्रचार प्रसार सचिव रोशन हाङ्ग सुब्बा, समष्टि युवा शक्ति दिपेश तामाङ, जोनल सभापति तथा प्रचार प्रसार सचिव बसन्त कुलुङ राई, 173 बुथ सभापति अनोज कान्त प्रधान, नारी शक्ति नेत्री प्रमिला तामाङ लगायत अन्य प्रतिनिधिहरू उपस्थित थिए। उक्त सभालाई सञ्जिव तामाङले सञ्चालन गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *