टुङ सन्त मेरीज समष्टिको गैरीगाउँमा सार्वजनिक भवनको भूमि पूजन सम्पन्न

सोनादा : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टुङ सन्त मेरीज समष्टि अन्तर्गत गैरीगाउँ शाखामा पार्टी अध्यक्ष अनित थापाको पहलमा निर्माण हुन लागेको सार्वजनिक भवनको निर्माण कार्यको लागि भूमि पुजा सम्पन्न भयो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाको कार्यलाई सराहना गर्दै गाउँवासीले आभार व्यक्त गरेका छन्। अध्यक्ष थापाले यस सार्वजनिक भवनमा चाहिने सर-सामान पनि पूर्ती गरिदिने वचन दिएका छन् भनी जानकारी प्राप्त भएको छ। सार्वजनिक भवनको शिलान्यास कार्यक्रममा उपस्थित भएका समष्टि अध्यक्ष नुरी शेर्पा, सचिव दिपेस तामाङ, युवा मोर्चा अध्यक्ष उर्गेन तामाङ, समष्टि सदस्य दिलीप सिंह, गैरीगाउँ शाखाका युवा मोर्चा बिजय गुरुङ, दिपेन गुरुङ, छिरिङ लामा, नारी शक्तिबाट प्रतिभा राई, सुष्मा छेत्री, अभिभावकवर्गबाट कुमार बम्जन, रमेश तामाङ र सम्बन्धित विभागबाट एई नवराज थापा लगायत अन्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *