टुङ सन्त मेरिज समष्टिमा पिउने पानीको परियोजनाको शिलान्यास

सोनादा (निसं) : खरसाङ महकुमा अन्तर्गत टुङ सन्त मेरिज समष्टिको लागि जीटीएबाट 1 सय 22 करोड़ बराबरको लागतमा पिउने पानीको परियोजनाको शिलान्यास गरियो। उक्त शिलान्यास कार्यक्रमको अध्यक्षता मनिष तामाङले गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथिको रूपमा जीटीएको मुख्य कार्यपाल अनित थापा उपस्थित थिए। उक्त शिलान्यास कार्यक्रम टुङ सन्त मेरिज समष्टिको बेलटारमा जीटीए चिफ अनित थापाको बाहुलीबाट सम्पन्न गरियो। हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिका सचिव भक्तिमान तामाङले सञ्चालन गरेको उक्त शिलान्यास कार्यक्रममा स्वागत सम्भाषण टुङ सन्त मेरिज समष्टिका सभासद नुरी शेर्पाले राखेका थिए।


टुङ सन्त मेरिज समष्टिको लागि शिलान्यास गरिएको पिउने पानीको योजना विषयमा पीएचई विभागका कार्यकारी अभियन्ता मणिरत्न मङ्ग्रातीले सम्भाषण राखेका थिए। उक्त शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अनित थापाले भने, मलाई गुणात्मक काम चाहिन्छ। कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै टुङ सन्त मेरिज समष्टिका सभासद नुरी शेर्पाले शिलान्यास कार्यक्रम विषयमा विस्तृत रूपमा जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *