उच्च माध्यमिक परीक्षामा दिनहाटाकी अदिसा देवशर्मा राज्यमा प्रथम

कुचबिहार : कुचबिहार दिनहाटाका अदिशा देवशर्माले उच्च माध्यमिक परीक्षामा राज्यभरिमै प्रथम स्थान ओगट्न सफल बनेकी छन्। दिनहाटा सोनीदेवी जैन हाई स्कुलकी छात्रा अदिसाले 498 अङ्क हासिल गरेकी छन्। आज उच्च माध्यमिक परीक्षाको परिणाम प्रकासित भएको छ। उच्च माध्यमिक परीक्षामा राज्यभरिमै प्रथम स्थान ओगटेको बारेमा टिभीमा मार्फत् थाहा पाएपछि अदिसाले प्रथमतः विश्वासै गर्न सकिनन्। तिनको सफलतालाई लिएर परिवारका सदस्यहरू निक्कै खुसी छन् भने स्कुलका शिक्षक-शिक्षिकाहरूले गर्व अनुभव गरेका छन्। अदिसाको बाबु पेशाले प्राथमिक विद्यालयका शिक्षक हुन्। अदिसाले भन्छिन्, उच्च माध्यमिक परीक्षामा 498 अङ्क हासिल गरेर राज्यभरिमै प्रथम स्थान ओगट्न सफल बनेकोमा निक्कै खुसी छु। मेरो बाबु-आमा, शिक्षक-शिक्षिकाहरूले सबैले मलाई प्रेरित गरे तापनि पढाईको लागि मलाई कसैले कुनै प्रकारको दवाउ नदिएको तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *