उच्च माध्यमिक परीक्षा 15 अप्रेलसम्म स्थगित

सिलगढ़ी: कोरोना भाइरसको बढ़्दो संक्रमणलाई ध्यानमा राखेर राज्य सरकारले आगामी 15 अप्रेल 2020 सम्म उच्च माध्यमिक परीक्षाको रहल पेपर स्थगित गर्ने निर्देश दिएको छ। स्मरण रहोस्, आगामी 23, 25 र 27 मार्चको दिन हुने भएको उच्च माध्यमिक परीक्षाको रहल तीनवटा पेपरलाई शिक्षा सांसदले शनिबारको दिन आगामी 15 अप्रेलसम्म परीक्षा स्थगित गरेको जानकारी दिएको छ। यसपछि शिक्षा विभागको तर्फबाट परिस्थितिलाई ध्यानमा राखेर नयाँ सूची दिइने बताइएको छ। हाल उच्च माध्यमिक परीक्षा साथै 11औँ श्रेणीको परीक्षा पनि चलिरहेको छ। शिक्षा विभागको अनुसार 11औँ कक्षाको परीक्षालाई पनि स्थगित गरिएको छ। पूर्व निर्धारित कार्यक्रम अनुसार गत 12 मार्चदेखि शुरू भएको उच्च माध्यमिक परीक्षा आगामी 27 मार्चसम्म हुने भएको थियो। यसको साथै राज्य सरकारले  आजदेखि  होटल, नाइटक्लब, डान्स बार, पब अनि मसाज पार्लर बन्द गर्ने पनि  निर्देश दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *