उच्च माध्यमिक परीक्षा केन्द्रहरूमा मुख्य निरीक्षक उपस्थित रहने

जलपाईगढी :  पश्चिम बङ्गाल काउन्सिल अफ् हायर सेकेन्डरीद्वारा आयोजित हायर सेकेन्डरी परीक्षा आगामी 12 मार्चदेखि शुरू भएर 27 मार्चसम्म चल्नेछ। परीक्षा केन्द्रहरूमा कुनै अप्रिय घटना नघटोस् भन्ने उद्देश्य लिएर प्रत्येक परीक्षा केन्द्रमा परीक्षा अवधि एक-एकजना मुख्य निरीक्षक उपस्थित रहने भएका छन्। यस वर्ष मोठ 19 हजार 6 सय 25 जना परीक्षार्थीहरूले उच्च माध्यमिक परीक्षा दिनेछन्। परीक्षार्थीहरूमध्ये 8 हजार 1 सय 36 जना छात्र अनि 11 हजार 4 सय 89 जना छात्राहरू सामेल छन्। यसको साथै मोठ 17 वटा केन्द्र अनि 72 वटा उप-केन्द्रहरू रहेको छ। परीक्षा केन्द्रहरूमा निगरानी राख्ने उद्देश्यले सीसीटीभी क्यामेरा पनि लगाइएको छ। परीक्षा केन्द्रभित्र मोबाइल फोन अनि क्यालकुलेटर पूर्ण रूपले प्रतिबन्धित गरिएको छ। जलपाईगढी उच्चतर माध्यमिक परीक्षाका संयुक्त संयोजक सुबीर चौधरीले परीक्षार्थीहरूलाई परीक्षाको अग्रिम शुभकामना दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *