उच्च माध्यमिक परीक्षा दिइरहेकी छात्रा अस्वस्थ्य भएपछि अस्पतालमै परीक्षाको व्यवस्था

कालचिनी : उच्च माध्यमिक परीक्षा दिइरहेको समय एकजना छात्रा अस्वस्थ्य भएकी छन्। प्राप्त जानकारी अनुसार कालचिनी युनियन अकादमी उच्च माध्यमिक परिक्षार्थी मुरसिदा बेगम आज परीक्षा दिइरहेको समय अस्वस्थ्य भएपछि तिनलाई उपचारको लागि लताबारी अस्पतालमा लगियो। यसपछि अस्पतालबाटै तिनले परीक्षा दिइरहेकी छन्। यस विषयमा कालचिनी ब्लक स्वास्थ्य अधिकारी डा. सुभाष कुमार कर्मकारले बताएअनुसार अस्पतालमा छात्राको उपचार चलिरहेको छ भने तिनलाई अस्पतालबाटै परीक्षा दिइने व्यवस्था गरिदिएकोले हाल तिनले अस्पतालमै परीक्षा दिइरहेकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *