उच्च माध्यमिक परीक्षा दिएर घर फर्किरहेको समय सडक दुर्घटनामा परेर घाइते परीक्षार्थी

राजगञ्ज : उच्च माध्यमिक परीक्षा दिएर घर फर्किरहेको समय सडक दुर्घटनामा परेर एकजना परीक्षार्थी र तिनको अभिभावक घाइते भएका छन्। प्राप्त जानकारी अनुसार राजगञ्ज ब्लकको पानीकौरी ग्राम पञ्चायत निवासी रीना राय आमबारी फालाकाटा चिन्तामोहन हाई स्कुलकी छात्रा हुन्। तिनको उच्च माध्यमिकको केन्द्र बेलाकोवा उच्च बालिका विद्यालयमा परेको छ। आज तिनी परीक्षा समाप्त भएपछि काकासित बाइकमा सवार भएर घर फर्किरहेको समय बेलाकोवा बटतला संलग्न इलाकामा लापर्वाहीको साथमा चलाइरहेको एउटा बाइकले धक्का दिँदा परीक्षार्थी र तिनको काका भुइँमा लडेपछि घाइते भएका छन्। बाइक चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। घटनाको खबर पाएर बेलाकोवा आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर तत्कालै तिनीहरूलाई उद्धार गरेर बेलाकोवा ग्रामीण अस्पतालमा लगेपछि सामान्य चोट लागेकोले गर्दा प्राथमिक उपचारपछि छुट्टी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *