उच्च माध्यमिक परीक्षामा असफल भएका विद्यार्थीहरूद्वारा पथ अवरोध

सिलगढी : उच्च माध्यमिक परीक्षामा फेल भएका विद्यार्थीहरूले पास गर्नुपर्ने माग गर्दै आज सिलगढी रामकृष्ण शारदामणि विद्यापीठ अघि पथ अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। उक्त स्कुलअघि लगभग 14 जना छात्राहरूले धेरै समयसम्म पथ अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। प्रदर्शनकारी छात्राहरूको भनाइअनुसार आफूहरूले उच्च माध्यमिक परीक्षा नदिए तापनि आफूहरूलाई परीक्षामा फेल गराइदिएको छ। यसपछि स्कुलमा गएर सम्पर्क गर्दा आफूहरूलाई स्कुलको तर्फबाट स्कुल बोर्ड काउन्सिलसित सम्पर्क गर्ने सल्लाह दिएको छ। यसैले अविलम्ब आफूहरूलाई पास गरिनुपर्ने माग गर्दै आज फेल हुने विद्यार्थीहरूले स्कुल अघि पथ अवरोध गरेको बताइएको छ। घटनाको खबर पाएर पानीट्याङ्की आउटपोस्ट पुलिस घटनास्थलमा पुगे तापनि स्कुलका शिक्षिकाहरूले आश्वासन दिएपछि छात्राहरूले पथ अवरोध हटाए। यसको साथै शिक्षिकाहरूले तिनीहरूलाई स्कुलमा आउने निर्देश दिए। छात्राहरूको आरोप अनुसार कोरोना परिस्थितिमा उच्च माध्यमिक परीक्षा नभए तापनि कसरी आफूहरूलाई परीक्षामा फेल गरिदियो साथै परीक्षामा आफूहरूलाई कुन आधारमा उक्त नम्बर दिएको हो भन्दै प्रदर्शनकारी छात्राहरूले प्रश्न चिन्ह खडा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusgrandoperabetjokerbetmobilbahisjojobetStarzbetJojobetkargabetpusulabetpusulabetpokerklasStarzbetJojobetGrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişbetcio girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoHoliganbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1winteosbetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabetkazandraperabetperabetperabetjojobetcasibomtipobetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetholiganbetholiganbet girişromabetromabet girişgrandpashabetgrandpashabet girişradissonbetradissonbet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibom Built with ❤︎ by appycodes