उच्च माध्यमिक परीक्षामा फेल भएका विद्यार्थीहरूद्वारा स्कुलअघि विक्षोभ

सिलगढी : उच्च माध्यमिक परीक्षामा फेल भएका सिलगढी बाल्मिकी विद्यापीठका छात्राहरूले पास गरिदिने माग गर्दै स्कुल अघि विक्षोभ प्रदर्शन गरे। यस वर्ष बाल्मिकी विद्यापीठको मोठ 170 जना विद्यार्थीहरूले उच्च माध्यमिक परीक्षा दिएका थिए भने तीमध्ये 50 भन्दा अधिक छात्राहरू फेल भएका छन्। यसपछि आज उक्त स्कुलका फेल भएका छात्राहरूले हातमा प्लाकार्ड बोकेर पास गरिदिने माग गर्दै स्कुल अघि विक्षोभ प्रदर्शन गरे। विद्यार्थीहरूको अभियोग अनुसार राम्रो प्रकारले उच्च माध्यमिक परीक्षा दिए तापनि आफूलहरूलाई फेल गरिदिएको छ। आफूहरूलाई उचित अङ्क दियोस् भन्दै तिनीहरूले विविध नाराबाजी गरे। पास गराए दिदीले नोकरी दिन सक्दैन त्यसैले आफूहरूलाई उच्च माध्यमिक परीक्षामा फेल गराइदिएको प्रदर्शनकारी विद्यार्थीहरूले आरोप लगाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *