उच्च माध्यमिक परीक्षामा टोटो चालकका छोरीले ल्याइन् उच्च अङ्क

राजगञ्ज : उच्च माध्यमिक परीक्षामा टोटो चालकको छोरी मुक्ता परवीनले उत्कृष्ट अङ्क हासिल गरेकी छन्। तिनले मोठ 411 अङ्क प्राप्त गरेकी छन्। अङ्ग्रेजी विषयमा अघि पढाई गरेर कलेजको प्रोफेसर बन्ने तिनको सपना रहेको छ। तर आर्थिक अवस्था कमजोर रहेकोले गर्दा छोरीको सपना पुरा हुन्छ अथवा हुँदैन भन्ने विषयलाई लिएर तिनको परिवारका सदस्यहरू चिन्तामा छन्। सरकारी सहयोग तथा समाजसेवी संस्थाको सहयोग पाए तिनको सपना पुरा हुनेछ। राजगञ्जको सन्न्यासीकाटा उच्च विद्यालयको छात्रा मुक्ता परवीन सन्न्यासीकाटा ग्राम पञ्चायतको पश्चिम बालाबारी इलाका निवासी हुन्। तिनको बाबु फजलुल करीम टोटो चालक हुन् भने टोटो चलाएर आफ्नो परिवारको भरण पोषण गरिरहेका छन्। तिनले धेरै कठिनाइको साथमा छोरीको पढाइ जारी राखेका छन्। मुक्ताले बताएअनुसार राम्रो अङ्क ल्याएर उच्च माध्यमिक परीक्षा उतीर्ण भएकोमा निक्कै खुसी छु। अङ्ग्रेजी विषय लिएर अघिको पढाइ गरेर भविष्यमा कलेज प्रोफेसर बन्ने मेरो सपना रहेको छ। बाबुले मेरो पढाई तथा परिवार चलाउनको लागि धेरै परिश्रम गर्नुहुन्छ। यदि सरकारको सहयोग पाए मेरो सपना पुरा हुनेथियो। मुक्ताको बाबु फजलुल करीमले बताएअनुसार छोरीले परीक्षामा उत्कृष्ट अङ्क हासिल गरेकोमा निक्कै खुसी छु। टोटो चलाएर छोरा-छोरीको पढाई तथा परिवार चलाइरहेको छु। कलेजको प्रोफेसर बन्ने छोरीको सपना रहेको छ। यदि सरकार अथवा कुनै समाजसेवी संस्थाले सहयोग गरे राम्रो हुनेथियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *