उच्च माध्यमिक परीक्षापछि सिलगढी सहरमा टोटोहरूको चलाचल बन्द गर्ने निर्देश

सिलगढी : सिलगढी सहरको मुख्य सडकहरूमा नम्बर नभएको टोटोहरूलाई धेरै दिन अघिदेखि नै चलाचल गर्नमा रोक लगाइएको छ। अब आगामी 21 अप्रेलदेखि सिलगढी सहरको मुख्य सडकहरू विधान मार्केट, हिलकार्ट रोड, सेभोक रोड, वर्धमान रोड, एसएफ रोडमा सबै टोटोहरूको चलाचल निषेध गरिएको छ। ट्राफिक डीसीपी अभिषेक गुप्ताले बताएअनुसार आगामी 21 अप्रेलदेखि रेजिस्टर्ड नम्बर भएको टोटोहरू सहरको गल्लीहरूमा चलाचल गर्न सक्नेछ तर मुख्य सडकहरूमा यसको चलाचलमा रोक लगाइएको छ। अर्कोतिर, आगामी 21 अप्रेलदेखि नम्बर नभएको टोटोहरू सिलगढी पुलिस कमिश्नरेट इलाकामा चलाउने पाउनेछैन। उच्च माध्यमिक परीक्षाले गर्दा हाल ट्राफिक पुलिसको तर्फबाट त्यति ध्यान नदिए तापनि परीक्षा समाप्त भएपछि यसबारे कठोर पदक्षेप लिइने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *