उच्छेद व्यवसायीहरूलाई तृणमूलद्वारा पुर्नावासको मागमा प्रदर्शनी

सिलगढी : सिलगढीको एनजेपी थाना संलग्न इलाकामा रेलवेको जमिन दखलमुक्त गर्ने उद्देश्य लिएर आज रेलवे विभागले लगभग 25 वटा दोकान भत्काइ दिएको छ। यस घटनाको निन्दा गर्दै तृणमूल श्रमिक संगठनको एनजेपी लोकल कमिटीका सभापति प्रसनजीत राय पीडित व्यवसायीहरूको सहयोग गर्न अघि आएका छन्। उक्त घटनापछि दलीय कर्मीहरूलाई साथमा लिएर तिनले रेलवे अस्पतालअघि विरोध प्रदर्शनी गरे। रेलवे विभागद्वारा चाँडै ती व्यवसायीहरूको लागि पुर्नावासको व्यवस्था गरिनुपर्ने तिनले माग गरे। यदि आफूहरूको उक्त माग पुरा नभए वृहत आन्दोलन गर्ने चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *