उच्च माध्यमिक परीक्षामा सिलगढीकी अनन्या पुरकायत राज्यमा आठौँ स्थानमा

सिलगढी : वेस्ट बेङ्गाल काउन्सिल अफ् हायर सेकेन्ड्री एजुकेशनले उच्च माध्यमिक अर्थात् कक्षा 12 को परीक्षाको परिणाम आज घोषणा गर्यो। सिलगढीकी अनन्या पुरकायतले 492 अङ्क प्राप्त गरेर उच्च माध्यमिक परीक्षामा राज्यमा आठौँ स्थान हासिल गरेकी छन्। अनन्या सिलगढीको ज्योत्सनामयी हाई स्कुलकी छात्रा हुन्। तिनले माध्यमिक परीक्षामा पनि राज्यमा पाँचौँ स्थान हासिल गरेकी थिइन्। तिनलाई पढ़ाई बाहेक नृत्य, गीत र चित्र अङ्कित गर्नमा निक्कै रूचि रहेको छ। प्राइमेरी काउन्सिलका चेयरम्यान डाक्टर सुप्रकाश राय र स्कुल निरीक्षक कार्यालयका अधिकारी मुख्यमन्त्री ममता ब्यानर्जीको अभिवादन सन्देश लिएर अनन्याको घर पुगेर बधाई एवम् शुभकमनाहरू दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *