युसीएमओ-को आयोजनामा खरसाङ अस्पतालको सर-सफाई

खरसाङ (निसं) : युनाईटेड क्रिश्चियन माईनोरिटी अर्गनाइजेशन (युसीएमओ)-को आयोजनामा आज खरसाङ महकुमा अस्पताल परिसर सर सफाई गरियो। युसीएमओ खरसाङ महकुमा अन्तर्गत पर्ने विभिन्न चर्चहरूका प्रतिनिधिहरू आएर खरसाङ अस्पताल अनि यसको वरिपरी विभिन्न क्षेत्रहरूको सर-सफाई गरे। खरसाङ अस्पताल परिसरमा रहेको गल्ली, मैला पाइखानाहरू, सिँढ़ीहरू, कर्मचारी क्वार्टर परिसरहरू लगायत नालीहरू पनि सर सफाई गरिएको छ।


खरसाङ अस्पतालको सर सफाई विषयमा युसीएमओ खरसाङका प्रतिनिधि पास्टर पावल योञ्जनले दिएको जानकारी अनुसार युसीएमओ खरसाङको टोलीले खरसाङ अस्पताल सर सफाई गर्ने कार्य गरियो। यसको साथै तिनले हामी खरसाङकै भएको कारणले हाम्रो स्थानको यो अस्पताल सर सफाई गरिएको र हामी सबैले हाम्रो क्षेत्रलाई सर-सफाई गर्नु पर्ने बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *