उद्घाटन गरिएको केही दिनपछि बन्द अवस्थामा गजलडोबाको झोलुङ्गे पुल

गजलडोबा : गजलडोबाको नयाँ झोलुङ्गे पुल उद्घाटन गरिएको केही दिनपछि नै बन्द गरिदिएको छ। नयाँ ब्रिज हेर्न आउने पर्यटकहरूले नो एन्ट्रीको बोर्ड देखेपछि त्यहाँबाट फर्किन बाध्य छन्। सिडनीको हार्बर ब्रिजको ढाँचामा बनाइएको गजलडोबाको नयाँ झोलुङ्गे पुल उद्घाटन गरिएको केही दिनपछि हाल बन्द अवस्थामा रहेको छ। वाहन तथा पर्यटकहरू उक्त पुलमा प्रवेश नगरोस् भनेर त्यहाँ ब्यारिकेड लगाएकोले गर्दा पुल माथिको बाटो बन्द देखेर पर्यटकहरू निराश भएर फर्किरहेका छन्। प्रशासन सूत्रले दिएको जानकारी अनुसार उक्त पुलको निर्माण कार्य पूर्ण रूपमा समाप्त भएको छैन। यसैले गर्दा केही दिनसम्म उक्त नयाँ पुल भएर वाहनहरूको चलाचल बन्द गरिएको हो। तथापि, नयाँ पुलको छेउछाउमा साधारण मानिसहरू लगायत पर्यटकहरूको उत्साह हेर्ने योग्य छ। उक्त पुलमा चलाचल गर्न प्रतिबन्ध लगाए तापनि धेरैजना मानिसहरूले पुलको छेउमा गएर तस्विर खिँचिरहेको दृश्य देखियो। यस विषयमा इलाकाका विधायक तथा गजलडोबा विकास बोर्डका भाइस चेयरम्यान खगेश्वर रायले भने, केही काम बाँकी रहेकोले गर्दा नै हाल झोलुङ्गे पुल बन्द राखिएको छ। नयाँ वर्ष शुरू हुन अगावै उक्त नयाँ पुल खोलिदिइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *