उद्धार गरेका युवतीहरूको लागि लिगल एड फोरमको पहलमा सिलगढीमा होमको उद्घाटन

सिलगढी : सिलगढीको पञ्जाबीपाडा दार्जिलिङ जिल्ला लिगल एड फोरमको पहलमा तस्करीपछि उद्धार भएको 18 वर्ष र यसभन्दा अधिक उमेर पुगेका महिलाहरूलाई बस्नको लागि सिलगढीमा होम खोलिदिएको छ। विभिन्न समयमा सिलगढी लगायत यसको छेउछाउका इलाकामा तस्करी गरेका महिलाहरू उद्धार गरे तापनि तिनीहरूलाई बस्नको लागि कुनै ठाउँ नभएको असुविधा भइरहेको थियो। तिनीहरूको घरमा समस्या भए अस्पताल तथा अन्य कहीँ बस्न बाध्य हुन्थे भने तस्करीबाट उद्धार गरेको महिला तथा युवतीहरूको लागि अब उक्त होम खोलिएको बताइएको छ। होममा केही दिन बसेपछि कानुनी प्रक्रिया, काउन्सिलिङ समाप्त भएपछि ती महिला तथा युवतीहरू आ-आफ्नो घर फर्कन सक्नेछन्। आज राज्य महिला कमिशनको चेयरपर्सन लिना गङ्गोपाध्याय र मेयर गौतम देवको उपस्थितिमा उक्त होमको उद्घाटन गरियो। यसको साथै जलपाईगढीको बन्दुनगरमा पनि एउटा होम खोलिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.