उद्यान पालन सप्ताह कार्यक्रममा खरसाङका 98 जनालाई आईफल र आरुचाका विरुवाहरू वितरण

खरसाङ (निसं) : जीटीए हर्टिकल्चर विभागको तर्फबाट विभागीय एमओडी मनोनित सभासद प्रमाण रसाईलीको पहलमा आज मानिसहरूलाई आईफल र आरुचाका विरुवाहरू वितरण गरियो। खरसाङको जीटीए गिध्द पहाड़स्थित कार्यालयमा सम्पन्न उद्यान पालन सप्ताह कार्यक्रममा जम्मा 98 जनालाई आईफल र आरुचाको विरुवाहरू वितरण गरिएको छ। यस वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा खरसाङ नगरपालिकाको पूर्व चेयरम्यान समीरदीप ब्लोन उपस्थित थिए।


सबिना गिरीले सञ्चालन गरेको कार्यक्रममा आईफल र आरुचाको विरुवा वितरण विषयमा हर्टिकल्चर विभागको सिनियर सेन्टिफिक अफिसर महादेव छेत्रीले विस्तृत रुपमा जानकारी गराए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित समीरदीप ब्लोन, पावर विभागको कार्यकारी अभियन्ता सुरज थापाले पनि वक्तव्य राखेका थिए भने मनोनित सभासद प्रमाण रसाईलीले धन्यवाद ज्ञापन वक्तव्य राखे। यसै कार्यक्रममा खरसाङ र वरिपरि क्षेत्रका 98 जनालाई उन्नत प्रजातिका आईफल र आरुचाको बिरुवाहरू वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *