उज्बेकिस्तानसितको मैत्री फुटबल म्याचमा भारतीय महिला टीम पराजित

नयाँ दिल्ली : भारतीय महिला फुटबल टीमले आजको खेलमा असाधारण प्रदर्शन गरेर पनि उज्बेकिस्तान विरुद्ध अन्तर्राष्ट्रिय मैत्री म्याचमा 1-0 गोलले पराजित भयो। भारतीय महिला टीमले आजको खेलमा शुरूदेखि नै उत्कृष्ट प्रदर्शन गऱ्यो। खेल अवधिभरि नै टीमका गोलकीपर र रक्षापङ्क्तिका खेलाड़ीहरूले असल प्रदर्शन गरिन्, जसमा गोर्खो महिला खेलाडी अञ्जु तामाङ पनि सामेल थिइन्। मध्यान्तरसम्म दुवै टोलीको तर्फबाट कुनै गोल नभए तापनि खेलको अन्तमा उज्बेकिस्तानले फ्री किक्‌बाट गोल गरेर म्याचमा जीत हासिल गऱ्यो। अब भारतीय महिला टीमले 8 अप्रेलको दिन बेलारुसको टोलीसित प्रतिस्पर्धा गर्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *