उज्जवल सेवाको नयाँ गीत ‘लाली गुराँस’ सार्वजनिक

खरसाङ : खरसाङ महकुमा अन्तर्गत सिविटार चियाबारी निवासी युवा सर्जक उज्जवल सेवाको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ। उज्जवल सेवा आफैको शब्द, संगीत र स्वरमा रहेको नयाँ ‘लाली गुराँस’ नामक बोलको गीत आज हाम्रो ब्याण्ड अफिसियल प्रडक्शन नामक युटुब च्यानलमा सार्वजनिक गरिएको छ। उक्त गीतको भिडियो सर्जक सञ्जीव छेत्री, हनोक थापा, मौसम नेवार र उज्जवल सेवाको बाहुलीबाट लोकार्पण गरेर युट्युबमा सार्वजनिक गरिएको छ। उक्त गीतलाई युवा संगीतकार मौसम नेवारद्वारा सञ्चालित होम स्टुडियो इन्स्प्रिरेशन स्टुडियोमा रेकर्ड गरिएको छ भने संगीत संयोजन रेकर्डिङ गरिएको छ। त्यसरी नै भिडियो सम्पादन पनि मौसम नेवारले नै गरेका छन् । यस गीतको भिडियोलाई निर्देशन र कन्सेप्ट सञ्जीव छेत्रीको रहेको छ भने सहयोगी हनोक थापा रहेका छन्। उज्जवल सेवाले योभन्दा अघि पनि ‘तिम्रो माया मैले साँचि राखेको’ नामक गीत कालेबुङको लेजर लाइन स्टुडियोमा रेकर्ड गरी सार्वजनिक गरिसकेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *