उज्ज्वला परियोजनाको ग्यास सिलेन्डर दिने नाममा रुपियाँ लिएको आरोपमा 3 जना हिरासतमा

सिलगढी : केन्द्र सरकारको उज्ज्वला परियोजनाको ग्यास सिलेन्डर दिइने नाममा रुपियाँ लिएको आरोपमा पुलिसले ग्यास कम्पनीका 3 जना कर्मीलाई हिरासतमा लिएको छ। उक्त घटनालाई केन्द्र गरेर सिलगढी नगरनिगमको 5 नम्बर वार्डको रामघाट इलाकामा सनसनी फैलियो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार ग्यास कम्पनीका उक्त 3 जना कर्मीले गत केही दिनदेखि रामघाट इलाकामा उज्ज्वला परियोजनाको ग्यास सिलेन्डर दिइने नाममा धेरैजनाबाट 850 रुपियाँ लिइने गरेको बताइएको छ। आज ग्यास सिलेन्डर दिन आउँदा रुपियाँको माग गरेपछि स्थानीय मानिसहरूले तिनीहरूलाई रोकेर पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर उक्त 3 जनालाई पक्रेर थानामा लगेको बताइएको छ। घटनाको जाँच शुरू गरेको सिलगढी थाना पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *