युकेएफसीलाई पराजित गरेर जर्जियन एफसी सेमिफाइनलमा प्रवेश

सिलगढी : मधुर मिलन संघ मिलन मोड सिलगढीको आयोजना सम्पन्न भइरहेको आठौँ गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज खेलाइएको तेस्रो क्वार्टर फाइनल खेलमा युनाइटेड खरसाङ फुटबल क्लब (युकेएफसी)-लाई 2-1 गोलले पराजित गरेर जर्जियन एफसी कालेबुङ सेमिफाइनलमा प्रवेश गर्यो।  जर्जियन एफसीको तर्फबाट खेलको 19औँ मिनटमा हेनरी गुरूङ अनि 64औँ मिनटमा सुनील सार्कीले गोल गरे भने युकेएफसीको तर्फबाट एकमात्र गोल शिव राउतले खेलको 31औँ मिनटमा गरे। आजको म्याचमा उत्कृष्ट खेलको प्रदर्शन गर्ने जर्जियन एफसीका विक्की दर्जीलाई म्यान अफ् द म्याच चयन गरेर ट्रफी प्रदान गरियो। भोलि बुधबारको चौथो क्वार्टर फाइनल म्याच कुमार स्पोर्टिङ क्लब गान्तोक बनाम डीएसए डुवर्समाझ भिडन्त हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *