उखरमाउलो गर्मीमा पंखाले पनि काम नगरेपछि एसी-को मांग गर्दै धरनामा बसे अफिसका कर्मचारीहरू

कुचबिहार (निसं): अत्याधिक गर्मीको कारण मानिसहरूको हालत खराब बन्न पुगेको छ। पंखा मुनि बस्दा पनि मानिसहरूले उखरमाउलो गर्मीबाट राहत पाएका छैनन्। उत्तरबंग राष्ट्रीय परिवहन संस्थाका कर्मचारीहरू आज एसी (एयर कन्डिसन) को मांग गर्दै धरनामा बसे। कर्मचारीहरूको भनाई अनुसार उत्तरबंग राष्ट्रीय परिवहन संस्थाको कुचबिहार डिभिजनल अफिसको अलग-अलग सेक्टरमा विभिन्न काम हुँदछ। तर टर्मिनसका कर्मचारीहरू अधिक गर्मीमा पंखाको मुनि बस्दा पनि आरामसित काम गर्न सकिरहेका छैनन्।
यति मात्र होइन, अधिक गर्मीको कारण बिमार पनि भइरहेको छ। यसपछि आज मंगलवार एसी लगाइनु पर्ने मांग गर्दै कर्मचारीहरू धरनामा बसे। उत्तरबंग उत्तरबंग राष्ट्रीय परिवहन संस्थाका एकजना कर्मचारीले भने, हाम्रो यहाँ काममा धेरै दबाउ छ। पंखा लगाए तापनि त्यसबाट केही राहत पाएका छैनन्। यसैबीच गर्मीले गर्दा एकजना कर्मचारी बिमार भएको छ। हाम्रो मांग एसी लगाइनु पर्छ भन्ने हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *