युक्रेनबाट सकुशल घर फर्किए 3 जना विद्यार्थी

सिलगढी : युक्रेनबाट मेडिकलका 3 जना विद्यार्थी सकुशल घर फर्किआएका छन्। आज विमानमार्फत् खोरीबारीको दुधगेट निवासी अरबिन्द छेत्री, मालदा इङ्‌रेजबजारको कमलाकान्त साहा र अलिपुरद्वारका तनिष्ठा राय दिल्लीबाट बाघडुग्रा विमानअड्डामा ओर्लिए। तीमध्ये तनिष्ठा किभ मेडिकल युनिभर्सिटीको तृतीय वर्षको, अरबिन्द छेत्री लभिभ नेशनल मेडिकल युनिभर्सिटीको तृतीय वर्षको अनि कमलाकान्त साहा टर्नोपिल नेशनल मेडिकल युनिभर्सिटीको प्रथम वर्षको विद्यार्थी हुन्।


विमानमार्फत् बाघडुग्रा हवाईअड्डामा ओर्लिएपछि ती 3 जना विद्यार्थीलाई परिवारका सदस्यहरूले स्वागत जनाए भने सकुशल घर फर्किआएकोमा विद्यार्थीको परिवारका सदस्यहरू निक्कै खुसी थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *