युक्रेनबाट सकुशल घर फर्किआए तापनि डराइरहेका छन् शिवमन्दिरका कुञ्जाज

सिलगढी : रूस र युक्रेनमाझ युद्ध जारी छ। युक्रेनमा फँसेका सिलगढी शिवमन्दिरको इन्दिरापल्ली निवासी एमबीबीएसका छात्र कुञ्जाज चौधरी सकुशल आफ्नो घर फर्किआएका तापनि हालसम्म तिनी डराइरहेका छन्। तिनी युक्रेनको जेफ्रजिया स्टेट मेडिकल युनिभर्सिटीको द्वितीय वर्षका छात्र हुन्। गत बिहिबार युक्रेनबाट सकुशल घर फर्किआएपछि हाल तिनले भीडियो कलको माध्यमद्वारा साथीहरूको खोजखबर लिइरहेको बताइएको छ। तिनले बताएअनुसार उक्त युनिभर्सिटीमा 4 वटा बङ्कर रहेको छ भने तिनका धेरैजना साथीहरू हाल बङ्करमै आश्रय लिइरहेका छन्। युक्रेनबाट छोरा सकुशल घर फर्किआएपछि तिनका परिवारका सदस्यहरूले त्यहाँ फँसेका अन्य विद्यार्थीहरू पनि सकुशल घर फर्किआओस् भन्ने चाहना रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *